Trending

अन्तर्राष्ट्रिय नारी दिवश आज,देश–विदेशमा विभिन्‍न कार्यक्रमहरु गरी मनाइँदै

1.1kViews
0 Shares

काठमाडौं । फागुन २४ गते
आज अन्तर्राष्ट्रिय नारी दिवश । ब्रेक द बायसु (पूर्वाग्रह तोडौं) भन्‍ने नारासहित ११२ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ। लैंगिक असमानताहरु र पूर्वाग्रहरुलाई भत्काउँदै महिला सशक्तिकरणको अभियानसहित आज देश–विदेशमा विभिन्‍न कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउन लागिएको हो।त्यस्तै नारी दिवश नयाँ ढंगल मनाउने भन्दै मुलुकका विभिन्न क्षेत्रमा सक्रिय ४० जना महिला आज सगरमाथा नजिकैको कालापत्थर पुगेका छन् ।

यहीँ ०६८ सालमा माधव नेपाल सरकारको क्याबिनेट बैठक बसेको थियो ।सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल,प्रजिता कार्की र यशोदा तिम्सिनालगायत ४० जना महिलाको टोली आज त्यहाँ पुग्ने कार्यक्रम छ ।टोली ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उद्देश्यसहित १३ दिने पदयात्रामा निस्किएको हो ।

उक्त टोली हिजो सोलुखुम्बुको लोबुचेबाट गोरप्छेपतर्फ प्रस्थान गरेको हो । आज बिहान ८ बजे कालापत्थर पुगेर अन्तर्राष्ट्रिय नारी दिवशका अवसरमा विशेष कार्यक्रम गर्ने योजना छ ।नेपालको संविधानले पनि राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरेको छ।संघ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ।

महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्‍न कानुन बनेका छन्। तर महिला हिंसाका घटनामा कमी आउन नसकेको भन्दै महिला अधिकारकर्मीहरु चिन्तित बनेका छन्।दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन्। संसारकै अपरिहार्य शक्तिको रुपमा रहेका नारीहरुको समानताका लागि सबैले आवाज बुलन्द गर्नुपर्ने महिलाअधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय