सुपर लिगः आज ईलाम र बुटबलबीच प्रतिस्पर्धा हुँदै
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ । दुवै टिमको लागि यो तेस्रो खेल हुनेछ । एनएसएरमा नयाँ टोली इलाम आजको खेलबाट लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी ललितपुर सिटी एफसीसँग २–० ले तथा दोस्रो खेलमा धनगढी एफसीसँग १–० ले पराजित भएको थियो ।
यता पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित भएको इलामले दोस्रो खेलमा झापा एफसीलाई हराए थियो ।दुई खेलबाट ३ अंकसहित इलाम अंक तालिकाको छैटौं स्थानमा छ । लगातार दुई खेल हारेको बुटवल लुम्बिनी अंकविहीन हुँदै पुछारमा छ ।खेल आइतबार साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।
ताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि