सिद्धार्थ बैंकले पारित गर्यो ४.२१ प्रतिशत लाभांश
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गरेको छ । बैंकको २२ औँ वार्षिक साधारणसभाले चार दशमलव २१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले कर प्रयोजनसमेतका लागि चुक्ता पुँजी १४ अर्ब नौ करोड रुपैयाँको चार दशमलव २१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार रुपैयाँ लाभांश बाँड्ने भएको हो ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान २ महिना अगाडि