Trending

समाजिक सञ्जाल टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँड्दै : गगन थापा

560Views
0 Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले सरकारको टिकटक बन्द गर्ने निर्णयले अभिव्यक्ति तथा व्यैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै सरकारले यो कदमलाई किन्तु परन्तु नगरी सच्याउनु पर्ने बताए ।

उनले भने, ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर यसको नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्याउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
13°
Clear
6:53 am6:11 pm +0545
Feels like: 13°C
Wind: 5km/h NE
Humidity: 88%
Pressure: 1011.18mbar
UV index: 0
1 am2 am3 am4 am5 am
12°C
11°C
11°C
10°C
10°C
MonTueWedThuFri
27°C / 11°C
28°C / 11°C
28°C / 12°C
28°C / 13°C
29°C / 13°C

प्रिय न्युज


लोकप्रिय