संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस गरिने
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १८ साउन । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दैछ ।
गत मंगलवार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो । बैठक साँझ ५ बजे बस्ने छ । आज बस्ने बैठकले सम्भवतः प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने बुझिएको छ ।
आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँने र सर्वोच्च अदालत पहिला झै कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भए पछि संवैधानिक परिषद बैठक बस्न लागेको हो ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १२ महिना अगाडि