Trending

वर्तमान गठबन्धन सरकार जनहित विपरित विदेशीको हितमा काम गरिरहेको छ :  शंकर पोखरेल

650Views
0 Shares

काठमाडौं । वर्तमान गठबन्धन सरकार जनहित विपरित विदेशीको हितमा काम गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमणमा नेपालको हित भन्दा भारतले चाहेको कुरा सुम्पेर आएको आरोप लगाएका हुन् । एमालेको मुगु जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्न शनिबार त्यहाँ पुगेका पोखरेलले एमालेको सरकार ढलेपछि दाहाल नेतृत्वको सरकारको चालामाला ठीक नभएको बताएका हुन् ।

‘एमालेलाई सरकारबाट हटाइसकेपछि गठबन्धनको नाममा जुन प्रकारको राजनीति भैरहेको छ, त्यो राजनीतिले के गरिरहेको छ भने अदालत अदालत जस्तो छैन । जनताको विस्वास र भरोसा टुटेको छ । संसद संसदजस्तो छैन जनताको आवाज त्यहाँ उठ्न छोडेका छन् । सरकार सरकारजस्तो छैन, देश र जनताको हितका पक्षमा काम गर्न सकिरहेको छैन । अहिलेको सरकार विदेशीहरुको सामु लम्पसार पर्ने सरकारका रुपमा गठबन्धन सरकार रहेको छ,’ पोखरेलले भने ।

‘प्रधानमन्त्री भारत भ्रमणमा गएर भारतीयहरुले जेजे चाहन्छन् सबैकुरा सुम्पनुभयो र बदलामा १५ वटा मुर्रा राँगा लिएर आउनुभयो ।’ पोखरेलले व्यंग्य कसे । उनले देशको अर्थतन्त्र विग्रनु र देश विग्रनुको पछाडि पनि प्रधानमन्त्री दाहालकै हात रहेको आरोप लगाए । कार्यक्रममा कर्णाली प्रदेशका ईन्चाज समेत रहेका पूर्व मन्त्री लेखराज भट्टले नेतृत्व वर्गको कमजोरीका कारण विकासको सम्भावना बोकेर पनि कर्णाली आर्थिक, सामाजिक विकासमा पछि परेको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय