Trending

लिटल बड्डी प्रि–स्कूलले शिक्षिका र कर्मचारीलाई सम्मान, विद्यालय परिवारको समर्पण र प्रयासको कदर

6.5kViews
10 Shares

वीरगंज  – वीरगंज महानगरपालिका-८ पानीटंकी स्थित लिटिल बडी प्रि-स्कुल एक वर्ष वा सो भन्दा बढी समयदेखि विद्यालयमा योगदान पुर्‍याएका शिक्षिका र कर्मचारीहरूलाई विशेष सम्मान प्रदान गरेको छ। यस समारोहको अध्यक्षता विद्यालयका प्रिन्सिपल विजय कुमार बलले गरेका थिए। प्रमुख अतिथिका रूपमा राहुल श्रीवास्तव र विशिष्ट अतिथिका रूपमा सनराइज इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक राजेन्द्र कुर्मी उपस्थित थिए।

कार्यक्रममा सम्मानित गरिएका शिक्षिकाहरूमा खुसी श्रेष्ठ, सुप्रिया पौडेल, अस्मिता थापा, लक्ष्मी सरार्फ र रिया रौनियार रहेका थिए। साथै, मिडिया संयोजक दिपु वर्णवाल र कर्मचारीहरू शोभा के.सी., रतन राउत कुर्मी र पनालाल कुर्मीलाई पनि सम्मान प्रदान गरिएको थियो।

सम्मानित कर्मचारीलाई विद्यालय परिवारका तर्फबाट ‘कदर पत्र’ र मासिक तलबको २५ प्रतिशत बराबरको धनराशी प्रदान गरिएको विद्यालयले जानकारी गराएको छ।

यस कार्यक्रमले विद्यालय समुदायमा कर्मचारीहरूको मेहनत, निष्ठा र प्रतिबद्धतालाई सम्मान र प्रेरणा दिने उद्देश्य राखेको विद्यालयका तर्फबाट बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय