यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । यस वर्षको लक्ष्मी पूजाको दिन देश भित्रको विद्युत् उच्च माग १ हजार ४ सय ३८ मेगावाट रेकर्ड गरिएको छ । देशको मागलाई पूरा गरी नेपाल विद्युत प्राधिकरणले हिजो भारततर्फ पाँच सय बढी मेगावाट विद्युत निर्यात गरेको छ ।
लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड १४३८ मेगावाट रेकर्ड भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । उक्त समयमा देशभित्रको विद्युतको मागलाई पूरा गरी प्राधिकरणले हिजो बचत भएको ५ सय १७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात पनि गरिएको प्राधिकरणले जनाएको छ ।
ताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि