Trending

यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ रामवावु सुवेदीलाई प्रदान

1.4kViews
0 Shares

काठमाडौं । यस वर्षको ‘रमाइला नानी बालसाहित्य पुरस्कार’ बालसाहित्यकार रामवावु सुवेदीलाई प्रदान गरिएको छ। पाँच दशकदेखि सरल र सुरूचिपूर्ण सिर्जनाका माध्यम बालबालिकाको मनमा गहिरो छाप छोड्न सफल सुवेदी योगदानको मूल्याङ्कन गर्दै सो पुरस्कार प्रदान गरिएको आयोजक संस्था ‘कृष्ण साहित्य सदन’ले जनाएको छ।

सुवेदीलाई डा. तीर्थबहादुर श्रेष्ठले राजधानीमा आयोजित एक समारोह बीच पुरस्कार प्रदान गरेका हुन्। रसिला र मनोरञ्जक बालगीत र बालकविता मार्फत बालबालिकामा देशप्रेम र मानवप्रेमको भावना जगाउन सुवेदीको सिर्जना सफल भएको सदनको ठहर छ। २००४ सालमा हंसपुर, कास्कीमा जन्मिएका सुवेदीका बालककविता र बालगीत अद्वुतिय मानिन्छन्। तीन दर्जनभन्दा बढी कृतिका स्रष्टा सुवेदीका ‘मेरो गाउँ ज्यामिरे’, ‘आइतबार बिहान’, ‘आमा जस्ती गुरुमा’, ‘घान्द्रुक झलल’ जस्ता रचना प्रसिद्ध छन्।

रमाइला नानी बाल साहित्य पुरस्कार सम्मान बर्सेनी पराजुलीको स्मृतिमा स्थापित कृष्ण साहित्य सदनले प्रदान गर्दै आएको छ।  भाषा व्याकरणका क्षेत्रमा ‘राम्रो रचना मीठो नेपाली’पुस्तकले अमर बनेका साहित्यकार पराजुलीका दर्जनौं पुस्तक प्रकाशित छन्। उनी नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’का सम्पादकमध्येका एक हुन्।

प्रा. डा. ध्रुव घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा अतिथिवक्ता प्रा. डा. कपिल लामिछानेले पुरस्कृत व्यक्तित्वको योगदानको चर्चा गरेका थिए। सो पुरस्कार साहित्यकार कृष्णप्रसाद पराजुलीको स्मृतिमा उनकै बाल कविता संग्रह ‘रमाइला नानी’ को नाममा स्थापना गरिएको हो। सो पुरस्कार पाउने सुवेदी छैठौं स्रष्टा हुन्। यसअघि माधवप्रसाद घिमिरे, श्यामदास वैष्णव, शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, देवीप्रसाद वनवासीले सो सम्मान पाइसकेका छन्।

सदनले पराजुलीको स्मृति दिवसको अवसरमा पारेर असार २३ गते सो पुरस्कार प्रदान गरिएको हो। साथै, सदनले नेपाली साहित्यको स्नातकोत्तर तहमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने डिल्ली नेपाललाई विशेष सम्मान गरेको छ। उनले कृष्णप्रसाद पराजुलीरचित महाकाव्य ‘मनमाया’माथि शोध पूरा गरेका थिए।

साहित्यकार कृष्णप्रसाद पराजुलीको ८०औं जन्मजयन्तीका दिन नेपाली प्राज्ञिक जगत्मा उदीयमान युवा व्यक्तित्व तपाईंलाई सम्मान गर्न पाउँदा हामी हर्षित छौं। तपाईंको सिर्जनात्मक र प्राज्ञिक सफलताका साथै सुस्वास्थ्यको कामनासमेत गर्दछौं।

नेपाली बाल साहित्यमा लोकलयलाई समातेर मौलिक सिर्जना गरिएको बाल गीत कविता संग्रह ‘रमाइला नानी’ को प्रथम र दोस्रो खण्ड २०२२ सालमा सहयोगी प्रकाशनबाट प्रकाशित भएको थियो। २०२५ सालमा सो संग्रहको तेस्रो भाग प्रकाशित भएको थियो। हालसम्म रमाइला नानीको दर्जनौं संस्करण र मुद्रण भइसकेको छ।

बालकविता संग्रहको भूमिकामा पराजुलीले लेखेका थिए, ‘धर्तीको फूलबारीमा रम्न बालबालिकाको हृदय लिनुपर्छ। उनीहरुको स्वच्छ हृदयमा कुनै किसिमको दाग र कलंक हुँदैन। उनीहरु आफूमै, आफ्ना कुरामै र आफू वरिपरिका वातावरणमा राउँछन् र आनन्द पाउँछन्। उनीहरुको आफ्नै पवित्र संसार हुन्छ। त्यसै संसारमा घाम–पानी, फूल–कोपिला, माटो–हवाईजहाजलाई आफ्नो तुल्याएका हुन्छन् र तीनै साधनद्वारा उनीहरु संसारका गुह्यभन्दा गुह्य कुरालाई पनि उद्घाटित गर्न सक्छन्। त्यसैले हरेक बालबालिका कवि हुन्।’ बालबालिकालाई कवि देख्ने पराजुलीको निधन २०७० साल चैतमा ७९ वर्षमा भएको थियो।

रमाइला नानी सर्वाधिक बिक्री हुने बालसाहित्यको पुस्तक मध्ये एक हो। पराजुलीले झन्डै पचास वर्षअघि प्रकाशित हुने बालक पत्रिकाको सम्पादकको रुपमा पनि बाल साहित्यमा योगदान दिएका थिए। पराजुलीका फूलपात, जुनतारा, सुनकेस्रा, सुनौला तीन कुरा, चार चंगेरी, हिमाली डाँफे, सात गेडीका कथा, मेरो मुलरीलगायतका बाल साहित्यका कृति प्रकाशित छन्। काभ्रेको भमरकोटमा विस १९९२ असार २४ गते जन्मिएका पराजुलीको निधन २०७० मा भएको थियो। बालसाहित्यबाहेक पराजुलीका व्याकरण, काव्य, लोक साहित्यकलगायतका विधामा ३० भन्दा बढी पुस्तक प्रकाशित छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय