यस्तो छ, आजको फलफूल तथा तरकारीको मूल्य
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार ठूलो गोडभेँडाको मूल्य हिजोकै कायमा रहेको छ । नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज ६० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य भने३० रुपैयाँ कायम छ । रातो आलुको न्यूनतम मूल्य ५५ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य २० रुपैयाँ न्युनतम मूल्यमा बिक्रि भईरहेको छ ।
यस्तै गाजरको मूल्य प्रतिकेजी ५० रुपैयाँमा विक्रि भएको छ भने घिउ सिमी लोकल २०, मकै बोडी २०, मटरकोशा १८० रुपैयाँ तोकिएको छ । तितो करेला ८०, परवल ३५,घिरौला ४०,फर्सी पाकेको ३० कन्ने च्याउ ५०, डल्ले च्याउ २८०, काँक्रो लोकल २५, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ३० रुपैयाँ, तोरीको साग प्रतिकेजी ३० रुपैयाँ रहेको छ ।
फलफूमा केरा दर्जनको १६० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३२० नै कायम छ । कागती १२० रुपैयाँमा विक्रि भईरहेको छ । मौसम ८०, किवि १५०रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। २ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि