मुलुकको समग्र अर्थतन्त्र थप चलायमान बनाउन सरकारले आज निजी क्षेत्रसँग सुझाव लिर्दै
By YOUTV
१० महिना अगाडि
Comments: 0
काठमाडौं । सरकारले आज मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ । अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए।
यही विषयमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग पनि छलफल गरिने अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिएका छन्। हिजोको बैठकमा देशको अर्थतन्त्रबारे आफूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको र त्यसपछि राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले पनि आफ्ना कुरा राखेको महतले बताए ।
१० महिना अगाडि
अन्तर्वार्ता, अर्थ, जिवनशैली, ताजा समाचार, देश
नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार ११ घण्टा अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर ११ महिना अगाडि