ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ८ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ८ घण्टा अगाडिमालीमा सुन खानी भत्कियोः मृत्यु हुनेको संख्या ७० पुग्यो
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । पश्चिम अफ्रिकाको मालीमा सुन खानी भत्किँए पछि अहिलेसम्म कम्तीमा ७० जनाको मृत्यु भएको छ । जहिले पनि खानी भत्किने खतरा रहेको क्षेत्रमा सो दुर्घटना भएको हो । मालीको खानी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दक्षिण पश्चिमी कौलिकोरो क्षेत्रको कांगाबा जिल्लामा धेरै खानी कामदारको ज्यान गएको जनाएको थियो । यस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रालयले खानी मजदुरहरुलाई सुरक्षा मापदण्डहरु पालना गर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता बे कौलिबालीले सुरक्षा मापदण्ड पूरा नगरी खानीमा काम गर्नेहरूले ग्यालरी खनेका कारण दुर्घटना भएको बताइएको छ । यसअघि पनि खानीमा काम गर्नेहरूलाई सुरक्षा मापदण्डलाई ध्यानमा राख्न धेरै पटक सल्लाह दिइएको छ। यसैबीच, माली सरकारले मृतकका परिवार र मालीका जनताप्रति गहिरो समवेदना प्रकट गरेको छ।
सरकारले खानी स्थल नजिकै बसोबास गर्ने समुदाय र सुन खानीमा काम गर्ने व्यक्तिहरूलाई इमानदारीपूर्वक सुरक्षा मापदण्डहरू पूरा गर्न अपील गरेको छ। यसका साथै तोकिएको क्षेत्रमा मात्रै उत्खनन गर्न सुझाव दिइएको छ ।
१ वर्ष अगाडि
१ वर्ष अगाडि
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ८ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि