• Home
  • प्रदेश नं २
  • मधेश सरकार जोगाउन मुख्यमन्त्री सतिश सिंहको अडान, संघीयता विरोधी योजनालाई धक्का
Image

मधेश सरकार जोगाउन मुख्यमन्त्री सतिश सिंहको अडान, संघीयता विरोधी योजनालाई धक्का

जनकपुरधाम – जेन–जी आन्दोलनले उत्पन्न अस्थिर परिस्थितिमा मधेश प्रदेश सरकार ढाल्ने प्रयास असफल भएको छ। मुख्यमन्त्री सतिश सिंहको दृढ अडानका कारण संघीयता खारेज हुने सम्भावनासमेत टरेको छ।

संघीयताको जननी मानिने मधेश प्रदेश सरकारलाई लक्ष्य गरी पार्टी अध्यक्ष डा. सिके राउत संघीयता विरोधी शक्तिसँग मिलेको आरोप लाग्दै आएको छ। उनका सचिवालयमार्फत गरिएको राजीनामाको घोषणा र त्यसपछि सरकारबाट समर्थन फिर्ता गर्ने दबाब सिंहले अस्वीकार गरेपछि संकट चिर्न थालेको हो। सिंहले विश्वासको मत लिने अडान गर्दै भने, “संघीयता जोगाउन विश्वासको मत लिन्छु तर राजीनामा दिन्न।”

संवैधानिक व्यवस्थाअनुसार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ। हाल एमाले, नेपाली कांग्रेस, लोसपा, माओवादी केन्द्र र नेकपा एस लगायतका दलहरूले सिंहलाई समर्थन गर्ने तयारी देखाएका छन्। यससँगै प्रदेश सरकार ढल्ने जोखिम घटेको छ र संघीयता पक्षधर दलबीच नयाँ राजनीतिक सहकार्यको संकेत देखिएको छ।

यसैबीच जनमत पार्टीभित्र पनि आन्तरिक विवाद तीव्र बनेको छ। पार्टी अध्यक्ष डा. राउत र संगठन विभाग प्रमुख जयकान्त राउतको राजीनामा माग गर्दै वरिष्ठ उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केन्द्रीय नेताहरूले पत्र बुझाएका छन्। उनीहरूले पार्टी नेतृत्वको कमजोर कार्यशैली र संघीयता विरोधी गतिविधिप्रति असन्तुष्टि जनाएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार सिंहको अडानले मधेश प्रदेशको मात्र होइन, नेपालकै संघीय संरचनालाई जोगाउने निर्णायक भूमिका खेलेको छ। अब सिंहको सरकार र संघीयताको भविष्य विश्वासको मत प्रक्रियाबाट टुंगिने छ।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ७ दिन अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni १ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni १ हप्ता अगाडि

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका अधिकांश सांसदले स्वकीय सचिवमा आफन्तलाई दिए नियुक्ति शेरबहादुर थापा/न्यूज कारखाना सुर्खेत, २८ असोज । कर्णाली प्रदेश सभामा…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *