For Youtvnepal long gif
  • Home
  • समाचार
  • बालबालिकाको सिर्जनशीलता झल्किने पिस पोष्टर चित्रकला प्रतियोगिता वीरगंजमा सम्पन्न
Image

बालबालिकाको सिर्जनशीलता झल्किने पिस पोष्टर चित्रकला प्रतियोगिता वीरगंजमा सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१५ स्थित नवदीप एकेडेमीका विद्यार्थीहरूले यस वर्षको पिस पोष्टर चित्रकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम उज्यालो पारेका छन्।

११ देखि १३ वर्ष उमेर समूहका १५ विद्यार्थीहरू सहभागी रहेको प्रतियोगितामा कक्षा ६ की परी गुप्ताले प्रथम स्थान, कक्षा ५ की आचल साहले दोस्रो स्थान, र मिराली जैसवालले तेस्रो स्थान हासिल गरे।

कार्यक्रमका प्रमुख अतिथि पिएमसिसी (PMCC)का डा. रमेशकुमार अग्रवालले विजेताहरूलाई प्रमाणपत्र वितरण गर्दै देशभरका उत्कृष्ट विद्यार्थीहरूले इन्टरनेशनल पिस पोष्टर प्रतियोगितामा सहभागी हुने अवसर पाउने जानकारी दिनुभयो।

डा. अग्रवालका अनुसार, अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट ठहरिने विद्यार्थीहरूले धनराशिसहितको पुरस्कार प्राप्त गर्नेछन्। उहाँले बालबालिकाको चित्रमार्फत सन्देश दिने क्षमता र सृजनशीलता, कलात्मकता तथा विश्वशान्तिप्रतिको सोच विकासमा यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रम विद्यालयकी प्रधानाध्यापक तथा लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष सुशीला साहको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा फर्स्ट भिडिजी लायन रामबिहारी पाण्डे, एरिया चिफ पिएमजेएफ लायन रामेश्वर, डिष्टिक मार्केटिङ को–अर्डिनेटर लायन नरोत्तम पाण्डेलगायतका अतिथिहरूले पनि शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण शिक्षिका नेहा अग्रवालले गरेकी थिइन्। अन्त्यमा डा. अग्रवालले विजेता तथा सहभागी विद्यार्थीहरूलाई निरन्तर अध्ययन र सिर्जनात्मक क्रियाकलापमा सक्रिय रहन प्रेरित गर्नुभयो।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *