• Home
  • ताजा समाचार
  • बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी
Image

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

नुवाकोट, रसुवा, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम उपलब्ध गराएको हो।

कम्पनीका अनुसार यसअघि प्रदान गरिएको २१ लाख रुपैयाँमा थप ८० लाख रुपैयाँ सहयोग थप गर्दै कुल सहयोग रकम १ करोड १ लाख रुपैयाँ पुर्‍याइएको हो। कम्पनीका प्रतिनिधिहरूले उक्त रकमको चेक अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका छन्।

चेक हस्तान्तरणका क्रममा कम्पनीका प्रतिनिधिहरू राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्म प्रसाद गौतम, जीवन धिमिरे र राजेन्द्र न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

कम्पनीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपत्तिबाट प्रभावित परिवारको दुःखमा साथ र सहयोगका साथ उभिने प्रतिबद्धता जनाएको छ।

व्यवसायसँगै सामाजिक उत्तरदायित्वमा पनि अग्रसर

सन् २००० मा स्थापना भएको हिमालयन बुलियन कम्पनीले दुई दशकभन्दा लामो यात्रामा आफ्नो व्यावसायिक उपस्थिति विस्तार गर्दै आएको छ। काठमाडौंमा मुख्य कार्यालय रहेको कम्पनीले बुटवल, वीरगञ्ज, चितवन र कञ्चनपुरलगायत विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ।

बलियो व्यावसायिक आधार, निरन्तर विस्तार र भविष्यको स्पष्ट योजनाका कारण कम्पनीले आफूलाई नेपालको निजी क्षेत्रको सम्भावनायुक्त संस्थाका रूपमा अघि बढाइरहेको छ।

कम्पनीले व्यावसायिक विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। पछिल्लो बाढीबाट प्रभावित नागरिकका लागि गरिएको एक करोडभन्दा बढीको सहयोगलाई पनि कम्पनीको सामाजिक प्रतिबद्धताको उदाहरणका रूपमा हेरिएको छ।

आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

व्यावसायिक विस्तारसँगै हिमालयन बुलियन कम्पनी अब आईपीओमार्फत सर्वसाधारणलाई समेत कम्पनीको स्वामित्वमा सहभागी गराउने तयारीमा रहेको छ।

आईपीओमार्फत आम नेपाली नागरिकलाई कम्पनीको यात्रामा साझेदार बनाउने लक्ष्यले कम्पनीको संस्थागत विकास, पारदर्शिता र स्वामित्व विस्तारमा नयाँ अध्याय थपिने अपेक्षा गरिएको छ।

कम्पनीले भविष्यमा नेपालको नम्बर–१ तथा विश्वसनीय अग्रणी कम्पनीका रूपमा आफूलाई स्थापित गर्ने महत्वाकांक्षी लक्ष्यसहित देशभर आफ्नो व्यावसायिक उपस्थिति विस्तार गरिरहेको जनाएको छ।

विपत्तिको समयमा एक करोडभन्दा बढी आर्थिक सहयोग गर्दै हिमालयन बुलियनले व्यवसाय र नाफासँगै राष्ट्र तथा समाजप्रतिको जिम्मेवारी पनि निजी क्षेत्रको महत्वपूर्ण दायित्व हो भन्ने सन्देश दिएको छ।

आईपीओमार्फत आम नेपालीलाई स्वामित्वमा जोड्ने तयारी, देशभरको विस्तार र सामाजिक उत्तरदायित्वमा देखाएको सक्रियताका कारण हिमालयन बुलियनको आगामी यात्रा थप चासोको विषय बनेको छ।

Related Posts

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni १ हप्ता अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *