Trending

 बल्खु र तीनकुनेका प्रदर्शनस्थलमा सञ्चार सम्पर्क विच्छेद  

865Views
0 Shares

काठमाडौं । उपत्यकाका दुई स्थानमा प्रहरीले मोबाइल नेटवर्क नियन्त्रणका लागि जामर भेहिकल सञ्चालन गरेको छ । बल्खु र तीनकुनेमा जामर सञ्चालनमा ल्याएको हो ।बिहीबार बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शन छ भने राजधानीको तीनकुनेमा युवा संघको प्रदर्शन छ । दुवै प्रदर्शनमा आवश्यकताअनुसार सहभागीका मोबाइल फोनको नेटवर्क नियन्त्रणका लागि प्रहरीले जामर भेहिकल तैनाथ गरेको हो ।

मोबाइलको नेटवर्क विच्छेद गराउन सो प्रविधिको प्रयोग गर्ने गरिन्छ । मेडिकल व्यवसायी प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन बल्खुमा छ । उता तीनकुनेमा एमाले भ्रातृ संगठन युवा संघको प्रदर्शन छ ।

प्रहरीले जामर प्रविधि चलाएसँगै दुवै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।दुई भिन्न समूहले आयोजना गरेको शक्ति प्रदर्शनमा हिंसा भड्किन नदिन प्रहरीले कडा सुरक्षा प्रबन्ध गरेको छ । तर, कलंकीबाट बल्खु हुँदै तीनकुनेको कार्यक्रम स्थलमा मोटरसाइकल ¥याली निकालेर जान लागेको युवा संघको ¥यालीलाई प्रसाईं नेतृत्वको समूहले विथोल्न खोज्दा दुई पक्षबीच झडप भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय