Trending

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज

1.0kViews
0 Shares


७ पुस, काठमाडौं । आज प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । जबरालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् ।शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ । त्यसपछि चियापानको कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसअघि ज्येष्ठ सदस्य जबराले सर्वदलीय बैठक बोलाएका छन् । संसद संचालनका लागि उनले सर्वदलीय बैठक बोलाएका हुन् । उनले दलका प्रतिनिधि र स्वतन्त्र सांसदलाई संसद शुरु हुनुअघि मध्यान्ह बैठकमा बोलाएका हुन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट २७५ जना निर्वाचित भएका छन् । जसमा प्रत्यक्षबाट १६५ तथा समानुपातिकबाट ११० जना निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय