Trending

पेलेको स्वास्थ्य थप जटिल, क्यान्सर फैलियो

1.3kViews
0 Shares

७ पुस, काठमाडौं 

ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । अस्पतालले ८२ वर्षीय पूर्व सुपरस्टारको क्यान्सर फैलँदो अवस्थामा रहेको बताएको छ ।

तीनपल्ट फिफा विश्वकप उपाधि जितेका पेलेलाई तीन सातादेखि अस्पतालमा राखेर उपचार भइरहेको छ । पेलेकी छोरीले सामाजिक सन्जालमार्फत आफूहरुको क्रिसमस अस्पतालमै हुने जनाएकी छन् ।

पेलेको उपचार गरिरहेको अल्वर्ट आइन्स्टाइन अस्पतालले भनेको छ, ‘पेलेको क्यान्सर रोग फैलँदो अवस्थामा छ । उनको मिर्गौला र मुटुको विशेष ध्यान राख्नुपर्ने आवश्यकता छ ।’

सेप्टेम्बर २०२१ मा पेलेको ठूलो आन्द्राबाट ट्युमर निकालिएको थियो । त्यसयता उनको नियमित उपचार हुँदै आएको छ । ‘हामीले घरमा क्रिसमस मनाउन नपाउने भयौं,’ पेलेकी छोरी केली नासिमेन्तोले इन्स्टाग्राममा लेखेकी छन्, ‘हामीले चिकित्सकसँग सल्लाह गरेर यहीँ रहने निर्णय गर्यौं । किनभने उहाँलाई अस्पतालमै रहनु फाइदा छ ।’

साओ पाउलोको यो अस्पतालले पेले भर्ना भएगलत्तै स्वासनलीमा संक्रमण देखिएको र उपचार भइरहेको जनाएको थियो । केहि समयपछि पेलेको शरीरमा केमोथेरापीले काम गर्न छाडेको बताएको थियो ।

पेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरी सर्वकालीन अग्रणी गोलकर्ता हुन् । उनले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि तीनपल्ट विश्वकप उपाधि जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय