• Home
  • ताजा समाचार
  • प्रधानमन्त्री देउवालाई भेटेर बाबुराम र महिन्द्रले भने : गठबन्धन बलियो बनाऔं
Image

प्रधानमन्त्री देउवालाई भेटेर बाबुराम र महिन्द्रले भने : गठबन्धन बलियो बनाऔं

७ पुस, काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भट्टराई पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादवसहित बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

देउवा संसदीय दलको नेतामा निर्वाचित भएकोमा बधाई दिएको र अहिलेको सत्ता गठबन्धनलाई बलियो बनाउने विषयमा कुराकानी भएको यादवले बताए ।

‘यो गठबन्धन बलियो बनाएर जानुपर्छ, गठबन्धनमा कुनै समस्या नहोस् भन्ने भनाइ राख्यौं,’ यादवले भेटबारे अनलाइनखबरसँग भने, ‘जुन उद्देश्यमा गठबन्धन बनेको थियो, त्यसलाई जनताले अनुमोदन गरेका छन् । राजनीतिक स्थिरता र सुशासनसहितको समृद्धिका लागि यसलाई अझै अगाडि बढाउनुपर्छ । हाम्रो यसमा पूर्ण सहयोग हुन्छ भन्ने कुरा राख्यौं ।’

यादवले आफूहरुको कुरा सुनेपछि देउवा गठबन्धन जोगाउने कुरामा सकारात्मक सुनिएको बताए । सत्ता गठबन्धनका दुई दल कांग्रेस र माओवादीको पहिलो चरणमै प्रधानमन्त्रीको दाबीले कतै गठबन्धन नै टुट्ने हो कि भन्ने आशंका गर्नेहरु पनि छन् ।

यादवले ‘पावर सेयरिङ’ को विषय गठबन्धनमै छलफल गरेर मिलाउनुपर्ने बताए । शक्ति बाँडफाँटको तपाईंहरुको कुनै दाबी छ भन्ने प्रश्नमा भने उनले कुनै स्पष्ट जवाफ दिएनन् ।

नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चिह्नमा चुनाव लडेको थियो । यादव सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *