Trending

पशुपति क्षेत्रमा चैते दशैंको तयारी: भूमि पूजन सम्पन्न, १७ गतेदेखि पूजाका कार्यक्रम सुरू

2.6kViews
11 Shares

 

काठमाडौं, २०८१ चैत ! पशुपति क्षेत्र, गौशाला-९ मा आगामी चैते दशैंका लागि भव्य तयारी थालिएको छ। जय माँ दुर्गा भवानी पूजा समितिले आज पशुपतिनाथ वनकाली क्षेत्रमा भूमि पूजन सम्पन्न गरेको छ।

विगत वर्षहरूझैं यस वर्ष पनि चैते दुर्गा पूजाको निरन्तरता कायम राख्दै, पूजाको तयारी, व्यवस्थापन र सफल आयोजनाका लागि मूल समारोह समितिले महत्वपूर्ण छलफल कार्यक्रम आयोजना गरेको छ। समितिका पदाधिकारी, सल्लाहकार तथा सहयोगी संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न छलफलमा पूजाको व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषयमा व्यापक विमर्श गरिएको थियो।

यसैबीच, चैते दशैंका धार्मिक अनुष्ठानहरू आगामी १७ गतेदेखि विधिवत् रूपमा सुरु हुनेछन्। श्रद्धालु भक्तजनलाई पूजामा सहभागी भई धार्मिक अनुष्ठानलाई सफल बनाउन समितिले हार्दिक अनुरोध गरेको छ।

समितिका अध्यक्ष हेमा साहका अनुसार, यस पटकको पूजा कार्यक्रमलाई अझ भव्य र व्यवस्थित बनाउन विशेष योजना तयार गरिएको छ। स्थानीय भक्तजन, संघ-संस्था तथा भक्त समुदायको सक्रिय सहभागिताले पूजालाई भव्यता प्रदान गर्ने अपेक्षा गरिएको छ।

पूजा समितिले भक्तजनलाई समयमै उपस्थित भई पूजाको पवित्र अवसरमा सहभागी हुन अनुरोध गर्दै, धार्मिक महत्व झल्किने यस परम्परालाई निरन्तरता दिन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय