• Home
  • समाचार
  • पर्सा ट्राफिक प्रहरीद्वारा आकस्मिक चेकिङ, सडक सुरक्षामा कडा निगरानी
Image

पर्सा ट्राफिक प्रहरीद्वारा आकस्मिक चेकिङ, सडक सुरक्षामा कडा निगरानी

वीरगंज — सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आज गण्डक क्षेत्र आसपास विशेष ‘सरप्राइज चेकिङ’ अभियान सञ्चालन गरेको छ।

अचानक गरिएको उक्त चेकिङ कार्य जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वरिष्ठ सई गुणनिधि खकुरेल तथा ट्राफिक प्रहरीको टोलीले कडाइका साथ सम्पादन गरेको कार्यालयले जनाएको छ।

चेकिङका क्रममा मद्यपान गरी सवारी चलाएको (मापसे) एक चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक कार्यालयले जानकारी दिएको छ। पक्राउ परेका चालकविरुद्ध कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने छ।

त्यसैगरी, सवारी कागजात नबोकेका तथा अन्य नियम उल्लङ्घन गर्ने दर्जनौं चालकलाई रोकेर आवश्यक निर्देशन, सचेतना तथा चेतावनी दिइएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक कटवालका अनुसार बढ्दो सडक दुर्घटनालाई नियन्त्रणमा राख्न नियमित अनुगमनसँगै आकस्मिक चेकिङ अभियान निरन्तर सञ्चालन गरिनेछ।

उनले चालकहरूलाई सुरक्षित ड्राइभिङ, सिमित गति, मापसे नगर्ने, कागजात सधैं साथमा राख्ने र ट्राफिक नियमहरूको पूर्ण पालना गर्न आग्रह गर्दै दुर्घटना न्यूनीकरण सबैको सामूहिक जिम्मेवारी भएको बताए।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ६ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *