बिहीबारदेखि प्रारम्भ भएको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ। हिजोको बैठकमा १५ जना सदस्यहरूले आफ्ना विचार राखेका थिए।
हिजो धारणा राख्नेहरूमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार बिक, लक्ष्मी खतिवडा, आमन्त्रित सदस्य पुष्पराज पराजुली, तथा आमन्त्रित प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) रहेका थिए।
बैठकमा पार्टीका आन्तरिक विषय, संगठन सुदृढीकरण र हालका राजनीतिक परिस्थितिबारे गहिरो छलफल जारी रहेको बताइएको छ।
