Trending

धेरै चुनौतीहरुको बीचमा केही आशा दिने गरि सरकारले काम गरेको छ : मन्त्री ज्वाला

545Views
0 Shares


काठमाडौ, २० साउन । राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र पनि ल्याउन सक्ने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले बताएका छन् । समाजवादी इन्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरुलाई राजनीतिकरुपमा नै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

मन्त्री ज्वालाले भने ‘ राष्ट्र निमार्णको इञ्जिनियरिङ गर्ने जिम्मा तपाईहरुको छ, विकासको रोड म्याप बनाउँने जिम्मा छ, त्यसमाथि समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरु राजनीति रुपमा हामी सहयोग गरौंला त्यसको खाका तपाईहरुले बनाउने हो । ’

उनले गुण भएको विचार र सिद्धान्त भएको लक्ष्य स्पष्ट छ भने एउटा लक्ष्यमा पुग्न सहज हुने उल्लेख गर्दै राजतन्त्र ढाल्ने शक्तिले समाजवाद पनि ल्याउँन सक्ने बताएका छन् । उनले आफुहरु यो आँटका साथ अभियानमा होमिएको बताए ।

उनले भने ‘ धेरै समस्या र चुनौतीहरुको बीचमा केही आशा दिने गरि सरकारले काम गरेको छ । भ्रष्टाचारीहरुको विरुद्धमा अभियान चलाएको छ, त्यसमा सफल हुन्छौ । जनतालाई सेवा सुविधा दिने प्रयासमा छौ । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय