Trending

देशको अर्थतन्त्र कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुग्यो : चन्द्र भण्डारी

1.8kViews
0 Shares

काठमाडौं ।  तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ शुरु भएको छ। सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार´ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य डा. चन्द्र भन्डारीले गरेका छन् ।

महोत्सवको उद्घाटन गर्दै सांसद भण्डारीले निकै दु:ख र परिश्रमले ल्याएको संविधान कार्यान्वयन गर्न नसकेको बताए । उनले जनताको पहुच सरकार पुर्‍याउन बनाएको संयन्त्रले धान्न सक्छ वा सक्दैन त्यसमा ध्यान पुर्‍याउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आईरहेको बताए। उनले  राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउदै  अहिलेको अवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको उल्लेख गरे ।

उनले देशको यही अवस्थाकाकारणले नेपाली बिदेशिने क्रम बढेको बताउँदै यसलाइ रोक्न आवश्यक रहेकोमा जोड दिए। उनले नेपालमा कर्मचारी तन्त्र तथा हरेक क्षेत्रमा  प्रफम बढाउदै, रिफर्म तथा  ट्रन्सफर्म आवश्यक रहेकोमा जोड दिए ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका भण्डारीले सरकार जनतालाइ  दुख पर्दा बोल्नु पर्ने बताउदै दुख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको बताए। उनले आफुले सदन तथा सडकबाट उठाएको कुरा ८ देखि १६ प्रतिसत  बैक ब्याज बढाउने काम गलत भएको बताउदै बैंकले लिलामी गर्ने प्रयास गरेमा त्यसको बिरोधमा उत्रने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उनले देश लुट्ने थलो बनेको आरोप लगाउदै प्रत्येक वर्ष प्रधानमन्त्री थप्ने काम मात्रै भएको बताए। उनले नेपालका नेता खराब नभएपनी नेताका वरिपरि कस्ता मान्छे छन भन्ने कुरा महत्त्वपूर्ण हुने भएकोले त्यसतर्फ ध्यान दिन जरुरी रहेको महसुस गरेको बताए।

भण्डारीले नेपालमा  किसानहरुले फुल लगाउने समयमा लगाएपन बेच्ने बेलामा बाहिरबाट आएको फुलले बजार खादा नेपाली उत्पादनले बजार नपाएर फुल फाल्नुपर्ने अवस्था आएको बताए। उनले यसको बारेमा सरकार सचेत हुन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराए । रुपन्देही सबैभन्दा बसाइसराई भएर आएको ठाउँ भएको बताउदै सबैलाइ ब्यवस्थापन गर्नुपर्ने चुनौती थपिएकोले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए।

प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणानिधी भन्डारी (माधव)ले बताए।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्किले बताए । मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।

मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, संचारकर्मी, समाजसेवी एवं आमनागरिकहरुको पूर्ण साथ र सहयोग प्राप्त हुनेमा संघले बिश्वास लिएको सचिवालय तथा मंच ब्यवस्थापन समिति संयोजक ज्ञानेन्द्र कार्किले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय