‘थ्रेस होल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १९ मंसिर। आम निर्वाचन ०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन नसक्दा चार सिट गुमाउने भएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर भएकाे छ । एकीकृत समाजवादीले उक्त सदर मतको ३ प्रतिशत मत कटाउन नसक्दा चार सिट गुमाउने लगभग निश्चित भएको हो ।
सोमबार मध्याह्नसम्म उक्त पार्टीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । त्यसमा थप १८ हजार २४२ मत पाएको भए थ्रेसहोल्ड कटाएर उक्त पार्टीले पनि समानुपातिकमा सिट पाउन सक्थ्यो । थोरै मतान्तरले मात्र समानुपातिकमा ठूलो क्षति व्यहोर्ने दल बनेको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ भने १० सिट जितेको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि