Trending

मेगा बैंककाे १२औं वार्षिक साधारणसभा ७ पुसमा, यस्ता छन् प्रस्तावहरू

810Views
0 Shares

काठमाडौं, १९ मंसिर

मेगा बैंक नेपाल लिमिटेडकाे ७ पुसमा १२औं वार्षिक साधारणसभा गर्ने भएकाे छ । १४ मंसिरमा बसेकाे बैंक सञ्चालक समितिको ३७७औं बैठकको निर्णयअनुसार बिहान १० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सभा गर्न लागिएकाे हाे । 

सभामा आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन पारित गारिने छ । मेगा बैंकद्वारा प्रकाशित सूचनाअनुसार १ साउन ०७८ देखि  ३२ असार ०७९ सम्मको नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानी विवरण, नगद प्रवाह विवरण, इक्विटी परिवर्तन विवरण, लेखा नीतिसम्बन्धी टिप्पणी विवरणमाथि छलफल गरी पारित गरिने छ ।

नगद लाभांशका लागि केन्द्रीय बैंकले एक करोड दुई लाख ४३ हजार २८० रुपैयाँ ३६ पैसा मेगा बैंकलाई स्वीकृत गरी यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजारको ४ प्रतिशतले हुने बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा गाँभिने (मर्जर) प्रकृयामा छन् । साधारणसभा प्रयोजनका लागि बैंकले २३ मंसिर एक दिन बुक क्लोज गरेको र सोको आधारमा २२ मंसिरसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय