त्रिशूली नदीमा भारतीय जिप खस्यो, यात्रुको अवस्था अज्ञात
By YOUTV
९ महिना अगाडि
Comments: 0
काठमाडौं । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको जिप खसेको पाइएको छ।नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूली नदीमा खसेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।सेतो रंगको सिंगल क्याप जिप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए।
‘बिहान राति नदीमा रातो बत्ती बलेपछि सवारीसाधन खसेको अनुमान गरी खोजी थालिएको थियो,’ भण्डारीले भने।बिहान ४:५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको थियो।
खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर ०९जिसी १४३० नम्बरको बोलेरो जिप फेला परेको भण्डारीले बताए।जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। जिपमा कति व्यक्ति सवार थिए भन्ने यकिन भइसकेको छैन।
जिप नदीबाट निकाल्न सकिएको छैन। हेभी उपकरणको सहायकताले नदीबाट जिप निकाल्ने तयारी भइरहेको भण्डारीले बताए।’यात्रु के कति थिए यकिन छैन, नदीमा खोजी भइरहेको छ,’ उनले भने, ‘जिपमा कोही पनि फेला परेको स्थिति छैन।’
९ महिना अगाडि
९ महिना अगाडि
अर्थ, जनजाति, जिवनशैली, ताजा समाचार, देश
राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने १ हप्ता अगाडिताजा समाचार, देश, प्रदेश, मौसम, राष्ट्रिय खबर
बाढी पहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो १ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १२ महिना अगाडि