Trending

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने भारतीय कप्तान रोहित शर्मा

655Views
0 Shares

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले अब टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छैनन् । बीसीसीआई स्रोतका अनुसार रोहित शर्माले एकदिवसीय विश्वकपअघि टी–२० ढाँचाको बारेमा आफ्नो भविष्यका बारेमा छलफल गरेका छन् ।

रोहित शर्माले नोभेम्बर २०२२ मा भएको टी–२० विश्वकप २०२२ बाट भारत बाहिरिएपछि एउटा पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । हार्दिक पाण्ड्याले अधिकांश समय टोलीको नेतृत्व गरेका छन् । ३६ वर्षीय रोहित शर्माले १४८ टी–२० अन्तर्राष्ट्रिय खेलमा चार शतकसहित ३ हजार ८ सय ५३ रन बनाएका छन् ।

भारतमा रोहित शर्मा बाहेक चार ओपनर शुभमन गिल, यशस्वी जैसवाल, इशान किशन र रुतुराज गायकवाड छन् । यी चार खेलाडीले आइपिएलमा आफूलाई प्रमाणित गरेका छन् । यदि युवा पुस्ताले प्रदर्शन गर्न सकेन भने बीसीसीआईले टी २० विश्वकपका लागि रोहितलाई आफ्नो निर्णय बदल्न आग्रह गर्न पनि सक्छ । रोहित शर्मा आफ्नो करियरको त्यो चरणमा छन् जहाँ उनी आफ्नो कार्यभार व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै चोटमुक्त रहन चाहन्छन् । रोहित शर्मालाई हरेक वर्ष तीनवटै ढाँचा र आईपीएल खेल्न गाह्रो छ ।

भारतले डिसेम्बर २०२३ देखि मार्च २०२४ सम्म सातवटा टेस्ट खेल्नुपर्नेछ । भारतीय कप्तानले रातो बलको क्रिकेटमा बढी ध्यान दिने भएका छन् । उनीसँग भारतलाई अर्को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पु¥याउने मौका छ । सन् २०१९ देखि टेस्ट फर्म्याटमा रोहित शर्माको प्रदर्शन राम्रो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय