Trending

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

1.2kViews
0 Shares


काठमाडौं, चैत २३ गते । बिहीबार नेपाली सुनचाँदी बजारमा बजारमा सुनको मूल्य घटेको छ । बुधबार एकैदिन २ हजार रुपैयाँले बढेर एतिहासिक रेकर्ड राखेको सुन बिहीबार भने तोलामा ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय