For Youtvnepal long gif
  • Home
  • मनोरञ्न
  • गजल प्रतियोगितामा प्रथम भए समीर समीर ओझा,
Image

गजल प्रतियोगितामा प्रथम भए समीर समीर ओझा,

काठमाडौं, २६ साउन 

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चसँगको सहकार्यमा आयोजना गरेको नेपाली गजल प्रतियोगितामा डोटीका समीर ओझा प्रथम भएका छन् । उनले ४० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन् ।

यसरी नै खोटाङका विक्रम चेतनशील राई द्वितीय भएका छन् भने कास्कीका संयोग बस्याल तृतीय तथा झापाकी सरु आचार्य सान्त्वना भएका छन् । उनीहरूले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गजलबाचनसहित प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको हो । कार्यक्रमका संयोजक घनेन्द्र ओझाले प्रतियोगिताका लागि २४१ वटा रचना प्राप्त भएका, तीमध्ये ७१ वटा दोहोरिएका÷मापदण्डभित्र नपरेका र बाँकी १७० वटाबाट ३० प्रतिशत हुनेगरी ५१ वटा रचना बाचनका लागि छनोट गरिएको जानकारी दिए ।

अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले राष्ट्रिय युवा परिषद्को नेपाली साहित्यप्रतिको सद्भाव र साहित्यको विकासका लागि परिषद्ले गरेको योगदानको सराहना गरे । आगामी दिनमा पनि यस्ता कार्यक्रम परिषद्बाट आयोजना हुनेमा विश्वास पनि व्यक्त गरे ।

नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले पछिल्लो समय धेरै स्रष्टाको प्रिय विधा बनेको गजललाई राज्यस्तरबाट पनि पहिचान दिने र यसको विकास, विस्तारमा योगदान गर्ने क्रम सुरु भएकामा खुसी व्यक्त गरे । उनले विगतमा प्रतिष्ठानले पनि गजल महोत्सव आयोजना गरेको र यस पटक पनि आयोजना गर्ने जानकारी पनि दिए ।

प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च नेपाली गजलका क्षेत्रमा सक्रिय, जिम्मेवार र विश्वसनीय संस्था भएका बताउँदै यस्ता संस्थासँग युवा परिषद् र प्रज्ञाप्रतिष्ठानले समेत मिलेर कार्यक्रमहरू गर्नु खुसीको कुरा भएको बताए । उनले आगामी मोतीजयन्तीमा प्रतिष्ठानले युवा परिषद्सँगकै सहकार्यमा गजल महोत्सव गर्ने पनि बताए ।

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्को लक्ष्य र उद्देश्यअनुसारका कामहरूअन्तर्गत नै नेपाली भाषा, साहित्यमा युवा सहभागिता र प्रोत्साहनका कार्य पनि भएका बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न आफू प्रेरित भएको सुनाए ।

प्रा.डा. कृष्णहरि बरालको संयोजकत्वमा शीतल कादम्बिनी र बलराम दाहाल सदस्य रहेको निर्णायक समिति गठन गरिएको थियो । संयोजक प्रा.डा. बरालले गजल मूल्याङकनका आधारहरू बताउँदै गजल प्रतियोगितामा बढ्दो आकर्षणले नेपाली गजलको क्षेत्र फराकिलो बन्नेमा आशावादी रहेको बताए । नेपाली गजल उत्कृष्टतातर्फ जाने सङ्केतहरू देखिएकामा उनले खुसी व्यक्त गरे ।

विजयी प्रतियोगीहरूलाई अन्तर्राष्ट्रिय युवा दिवस १२ अगस्ट (२७ साउन)मा बृहत् कार्यक्रमका बीच पुरस्कार र प्रमाणपत्र प्रदान गरिने परिषद्की सङ्घसंस्था समन्वय शाखा प्रमुख चन्द्राकुमारी थापाले जानकारी दिइन् ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

द ब्रिटिश कलेजको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलाइएका आरोप भ्रामक, कलेजको शैक्षिक गतिविधि नियमित

काठमाडौं । द ब्रिटिश कलेजले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत फैलाइएका भ्रामक सूचना र आरोपहरूबारे…

ByByYOUTV Nepal ७ महिना अगाडि

पल शाह र अनिता गिरीको रोमान्टिक केमेस्ट्रीसहित ‘मर्छु हजुर’ सार्वजनिक

  अभिनेता पल शाह र अभिनेत्री अनिता गिरी अभिनित म्युजिक भिडियो ‘मर्छु हजुर’ सार्वजनिक भएको छ। बुधबार ‘सुनिल…

ByByYOUTV Nepal ७ महिना अगाडि

लिटिल बडी प्रि-स्कुलमा बाल मनोविज्ञान सम्बन्धी तालिम सम्पन्न

वीरगंज –  लिटिल बडी प्रि-स्कुलले आफ्ना टोडलर र नर्सरी शिक्षकहरूका लागि बालबालिकाको व्यवहार र सिकाइ प्रक्रिया बुझ्न सहयोग…

ByByBirgunj ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *