खुला सीमाको दुरुपयोग रोक्न पर्साका जेन–जी युवाद्वारा प्रमुख जिल्ला अधिकारीलाई ८ बुँदे ज्ञापन
By Birgunj
५ महिना अगाडि
Comments: 0
वीरगञ्ज – नेपाल–भारत खुला सीमामा बढ्दै गएको दुरुपयोग, घुसपैठ, मानव तस्करी र सङ्गठित अपराध नियन्त्रणका लागि पर्साका जेन–जी युवाहरूले कडा निगरानीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएका छन्। आइतबार दर्जनौँ युवाहरूले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन-पत्र बुझाउँदै खुला सीमा अपराधीहरूको ‘सेफ पासेज’ बन्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे।
ज्ञापनमा सीमावर्ती नाकामा ‘प्रमाणीकरण कक्ष’ स्थापना, सिसिटिभी तथा ड्रोनमार्फत डिजिटल निगरानी, नेपाल–भारत संयुक्त गस्ती, ‘शून्य सहनशीलता’ नीति र विशेष तस्करी विरोधी अभियान सञ्चालन गर्न माग गरिएको छ। आगामी निर्वाचन नजिकिँदै जोखिम झन् बढ्न सक्ने भन्दै राष्ट्रिय सुरक्षा र सामाजिक सद्भावमा खतरा देखिएको युवाहरूले उल्लेख गरेका छन्।
प्रमुख जिल्ला अधिकारी दाहालले युवाहरूको चिन्ता जायज रहेको बताउँदै सुझाव सम्बन्धित निकायमा पठाइने र सुरक्षा व्यवस्थामा सुधारका प्रयास जारी रहेको जानकारी दिए। ज्ञापनको प्रतिलिपि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा समेत पठाइएको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि