कालिका मा.विले पायाे पक्की भवन
By Anusha sijapati
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १३ मंसिर
हिमा गाउँपालिकास्थित कालिका मा.वि बड्कीमा पक्की भवन निर्माण भएको छ । लामो समयदेखि भौतिक संरचना अभावमा रहेका यहाँ विद्यार्थीले अब पक्की भवनमा बसेर अध्ययन गर्न पाउने भएका छन् ।
राष्ट्रिय योजना आयोग र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका दुई भवन एकैसाथ उद्घाटन गरेकाे कालिका माध्यमिक विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर शाहीले राष्ट्रिय योजना आयोगको एक कराेड आठ लखा सहयोगमा चारकोठे पक्की भवन निर्माण भएको बताए । उनका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे भवन भएकाे निर्माण हो । नवनिर्मित भवन उद्घाटन हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गरेका हुन् ।
३ वर्ष अगाडि
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि