Trending

जनमत नेतृ कंचन गुप्ताको सौजन्यमा वीरगंजमा ब्रतालुलाई साडी र पूजाका सामग्री वितरण

3.4kViews
8 Shares

वीरगंज — जनमत पार्टी वीरगंज महानगरपालिका वडा नं. ८ वडा इकाई समितिको आयोजनामा तथा पार्टी जिल्ला सदस्य कंचन गुप्ताको सौजन्यमा आज छठ पर्वको पावन अवसरमा वडा स्तरीय शुभकामना आदानप्रदान तथा सामग्री वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ।

कार्यक्रम अन्तर्गत ३१ जना ब्रतालु महिलाहरुलाई साडी, नारिवल र पूजाका सामग्रीहरू उपहार (कोशेली) स्वरूप वितरण गरिएको जनमत पार्टीले जानकारी दिएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले छठ पर्व केवल धार्मिक आस्थाको पर्व नभई सामाजिक एकता, सहिष्णुता र सांस्कृतिक पहिचानको प्रतीक भएको उल्लेख गरे। उनीहरूले यस पर्वले समाजमा पारस्परिक सद्भाव, सहयोग र आस्थाको वातावरण सुदृढ गर्ने बताए।

कार्यक्रममा जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रीय सदस्य बिध्यलाल प्रसाद, र श्याम गुप्ताको विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी वडा इकाई अध्यक्ष रामजी रौनियार, युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह, तथा नेताहरू निरन्जन कुशवाहा, रोहित पटेल लगायतको सक्रिय सहभागिता पनि रहेको थियो।

जिल्ला सदस्य कंचन गुप्ताले ब्रतालुहरुलाई सहयोग गर्न पाउनु गर्वको कुरा भएको बताउँदै, जनमत पार्टी सधैं समाज, संस्कार र सेवामूलक कार्यमा अग्रणी रहेको बताइन्। उनले महिला सशक्तीकरण र सांस्कृतिक संरक्षणमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा स्थानीय अगुवा, महिला समूहका प्रतिनिधि, पार्टीका कार्यकर्ता तथा श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूले छठ पर्वको सफल समापनको शुभकामना आदानप्रदान गर्दै एकआपसमा धार्मिक एकता र सौहार्दको सन्देश प्रवाह गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय