काठमाडौं । पुष १९ गते
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले सामान्यतथा मौसम सफा रहने जनाएको छ। हाल देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु÷कुहिरो लागेको महाशाखाको भनाइ छ।
आज दिउँसो देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ। मौसम सफा रहे पनि देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।















