इस्लाम धर्मावलम्बीले आज ईद उल फित्र मनाउँदै, सार्वजनिक बिदा

3.1kViews
8 Shares

काठमाडौं । देशैभर रहेका इस्लाम धर्मावलम्बीले बिहीबार इद पर्व मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले आज इद उल फित्र मनाउँदै छन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । इद उल फित्रका अवसरमा आज मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह) मा गएर नमाज पढ्ने, एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

इद उल फित्रमा दीनदुःखी एवं गरिबलाई दान दिने, आज नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडासँग आशीर्वाद लिने दिने एवं आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खुवाउने चलन रहेको छ ।

रमदान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ । आज इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी ९धर्मगुरु०ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

आज काठमाडौंको जामे मस्जिद एवं देशका विभिन्न स्थानमा रहेका इदगाहमा धार्मिक ग्रन्थ कुरान पाठ गर्ने प्रचलन छ । इद उल फित्रका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायतले इस्लाम समुदायमा शुख, शान्ति,प्रगती र संमृद्धिको कामना गर्दै धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय