Trending

इजरायल र हमासबीच भएको सम्झौतापछि बन्धकहरुको रिहाई सुरु

650Views
0 Shares

काठमाडौं । इजरायल र हमासबीच भएको सम्झौतापछि शुक्रबारदेखि बन्धकहरुको रिहाई सुरु हुने भएको छ । इजरायलले ती बन्धकहरूको सूची पनि प्राप्त गरेको छ जसलाई पहिले रिहा गरिनेछ । इजरायली प्रधानमन्त्रीको कार्यालयले पनि अपहरण गरिएका व्यक्तिहरूको नामको पहिलो सूची प्राप्त गरेको जनाएको छ ।शुक्रबार बिहान ७ बजेदेखि दुवै पक्षले लडाइ बन्द गर्ने बताइएको छ ।

यसपछि अपराह्न ४ बजे बन्धकहरुलाई इजरायलको जिम्मा लगाइनेछ । गाजामा इन्धन र मानवीय आपूर्ति पनि शुक्रबार तीव्र हुनेछ ।इजरायली प्रधानमन्त्री कार्यालयका बन्धक र बेपत्ता व्यक्तिहरूको संयोजक गल हिर्सले भने, ‘सरकारले पहिलो सूचीमा समावेश गरिएका बन्धकहरूको परिवारलाई सूचित गरेको छ । जो शुक्रबार फर्कने अपेक्षा गरिएको छ । सूचीमा परेका व्यक्तिका आफन्तको नाम पनि अद्यावधिक गरिएको छ ।’

हमास र इजरायलबीच मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको कतारले बिहीबार गाजामा युद्धविराम गर्न दुवै पक्ष सहमत भएको र शुक्रबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि औपचारिक रूपमा लागू हुने जानकारी दिएको थियो ।

गत साता कतार र अमेरिकासँग मिलेर इजरायल–हमास युद्धविराममा मध्यस्थता गर्ने इजिप्टले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको थियो । इजिप्टको राज्य सूचना सेवाका प्रमुख दिया रश्वानले आफ्नो देशले गाजामा बन्धक र इजरायली जेलमा रहेका प्यालेस्टाइनी कैदीहरूको दुई सम्बन्धित सूची प्राप्त गरेको बताइन् जुन शुक्रबार रिहा हुनेछन् ।

हमासले पनि युद्धविराम शुक्रबार बिहानदेखि लागू हुने र चार दिनसम्म रहने जनाएको छ । चार दिनमा हमासले ५० जना बन्धकहरूलाई रिहा गर्नेछ । आदानप्रदान सम्झौता अन्तर्गत, इजरायलले बन्धकको सट्टामा आफ्नो जेलमा रहेका तीन प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । यस्तो अवस्थामा ५० जना इजरायली बन्धकको बदलामा जम्मा १५० प्यालेस्टिनीलाई रिहा गरिने छ ।

लडाइँ रोक्न र बन्धकहरूलाई रिहा गर्नुबाहेक, यो सम्झौतामा मानवीय सहायताको पनि उल्लेख छ । युद्धविरामको क्रममा गाजामा मानवीय सहायता पु¥याउने स्वतन्त्रता पनि हुनेछ । विशेष गरी आधारभूत आवश्यकता र इन्धन गाजामा पठाउन सकिन्छ । डेढ महिनादेखि जारी युद्धका कारण गाजामा आधारभूत सामानको चरम अभाव भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय