Trending

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश

995Views
0 Shares

काठमाडौं, २५ मंसिर।  इङ्ल्यान्डला २–१ अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतार फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । दोहास्थित अल बायत रंगशालामा कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा इंग्ल्यान्डको यात्रा क्वार्टरफाइनलमै सिमित बन्यो । 

औरेलियन टिचुआमेनीकै गोलले १८औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा ह्यारी केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए । केनले पूर्व कप्तान वायन रुनीसँग ५३ गोलको बराबरी गरेका हुन् । 

ओलिभर जिरौडले समय सकिन १२ मिनेट बाँकी रहँदा कीर्तिमानी गोल गरेपछि फ्रान्स २–१ को अग्रता बनायो । केनले ८४औं मिनेटमा गरेको पेनाल्टी प्रहार पोष्टभन्दा निक्कै माथिबाट बाहिरिएपछि इंग्ल्यान्ड खेलमा फर्कन सकेन । अब, फ्रान्सले फाइनल प्रवेशका लागि मोरक्कोसँग भेट गर्नेछ । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय