Trending

 आज संसदका दुवै बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

2.5kViews
6 Shares

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान सवा ११ बजेका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यता, राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार समबन्धी पत्रको व्यहोरा पढेर सदनमा जानकारी गराउँनेछन् । अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव आज सभामा प्रस्तुत गर्नेछन् । साथै, दुवै सदनमा आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
13°
Clear
6:53 am6:11 pm +0545
Feels like: 13°C
Wind: 5km/h NE
Humidity: 88%
Pressure: 1011.18mbar
UV index: 0
1 am2 am3 am4 am5 am
12°C
11°C
11°C
10°C
10°C
MonTueWedThuFri
27°C / 11°C
28°C / 11°C
28°C / 12°C
28°C / 13°C
29°C / 13°C

प्रिय न्युज


लोकप्रिय