Trending

आज शेखर समूहको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

660Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्ने छ। नेता डा. शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सारेका थिए।कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने भएपछि बैठक आजका लागि सारिएको थियो।

बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुँनेछ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको, राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेकोमा शीर्ष नेता सहमत देखिन्छन्। यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे इतर समूहले आज आफ्नो रणनीति बनाउने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय