• Home
  • Uncategorized
  • आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ बर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ मनाउँदै
Image

आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ बर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ मनाउँदै

काठमाडौं । पुष १५ गते

आज पुष १५ गुरुङ समुदायले तमु ल्होसार अर्थात् आफ्नो नयाँ वर्ष मनाउँदै छन् । पुरानो वर्षलाई बिदाई गरी नयाँ बर्षलाई स्वागत गरेर गुरुङ समुदायले तमु ल्होसार मनाउने गर्दछन् ।‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई गुरुङ समुदायले मनाउने नयाँ बर्षलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाउने गर्दछ ।‘तमु ल्होसार’ पर्व सूर्यको किरण एवं चालसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको गुरुङ समुदायको भनाई छ । तिथिका कारण तमु ल्होसार विभिन्न मितिमा परे पनि विशेषगरी पौष १५ लाई आधार मान्ने गर्दछ । त्यस्तै पूर्वी पहाड र धरानलगायत क्षेत्रमा कुलुङ समुदायले पनि आजै मिनारी दाचाम् निङदोङ ‘चाक्चाकुर’ चाड मनाउँदै छन् ।

यो पनि उनीहरुको नयाँ वर्षको रुपमा मनाइने एक मुख्य चाड हो । कुलुङ भाषामा मिनाको अर्थ मान्छे र मिनारीको अर्थ मान्छेको पाखुरीले भन्ने हुन्छ । यसैगरी दाचामको अर्थ भण्डार वा ढुकुटी हो र निङदोङको अर्थ ‘नयाँ वर्ष’ भन्ने हो । यसरी सुरु हुने नयाँ वर्षलाई ‘येले सम्वत’ पनि भन्ने गर्छन् । ‘चाक्चाकुर’ले चासुम् अर्थात् अन्नको सह तथा पुस महिनालाई जनाउँछ ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal १ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ७ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *