Trending

आजको हरियो तरकारी तथा फलफूलको मुल्य, कुरिलोमा चारसय रुपैयाँ बढ्यो

670Views
0 Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारीको मूल्य सार्वजनिक गरेको छ । शनिबार प्रतिकेजी ४०० रुपैयाँले मूल्य बढेर कुरीलो एकैदिन १२०० रुपैयाँ पुगेको छ । सोहि कुरीलोको मूल्य समितिले हिजो प्रतिकेजी ८०० रुपैयाँ तोकेको थियो ।

समितिले तय गरेको तरकारीको मूल्यसूचीअनुसार शनिबार सुकेको प्याज प्रतिकेजी न्यूनतम मूल्य १ सय ३५ रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आज प्याजको मूल्य प्रतिकेजी ५ रुपैयाँ घटेको छ । आज हरियो तरकारीको निर्धारित बजार मूल्यमा हिजोको तुलनामा भिण्डी,पाकेको फर्सी,हरियो प्याज,डल्ले च्याउ,भिण्डी,कुरिलोलगायतमा मूल्य ३० रुपैयाँदेखि ४०० रुपैयाँसम्म बढेर आएको छ । शनिबार नेपाली ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ पुगेको छ ।

यस्तै, समितिले सानो गोलभेडा लोकल १५ रुपैयाँ, रातो आलु नेपाली ३४, सेतो आलु ३०, गाजर प्रतिकेजी ४०, बन्दा लोकल ३०, स्थानिय काउली २५, मूला रातो १५, सेतो मूला ८, भन्टा लाम्चो ४०, मकै बोडी ६०, मटरकोशा १२०, घिउ सिमी लोकल ७०, राजमा सिमी १२०, लौका ५०, परवल लोकल ७०, भिण्डी १२०, फर्सी पाकेको ३३, हरियो फर्सी लाम्चो ४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

आज रायोको साग हिजोको तुलनामा प्रतिकेजी पाँच रुपैयाँले बढेर ३०, पालुंगो ११०, चमसुर ११०, तोरी ३०, हरियो प्याज ९०, च्याउ कन्य १६०, डल्ले च्याउ २८०, कुरीलो १२००, ब्रोकाउली ६० रुपैयाँ तोकिएको छ । शनिबार फलफूलमा फूजी स्याउको मूल्य हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले घटेर ३०० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै, केरा १४०, कागती १२०, अनार ३५०, कालो अंगुर २५०, सुन्तला नेपाली १००, मौसम १४०, जुनार २००, आभोकाडो २०० र किवि २०० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय