For Youtvnepal long gif
  • Home
  • Uncategorized
  • आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको दाबी
Image

आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको दाबी

काठमाडौं । पुष ७ गते
आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माको भनाई छ । नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा धारणा राख्दै महामन्त्री शर्माले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गर्नु भएको थियो । महामन्त्री शर्माले आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रण गर्दै पार्टी प्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताउनु भएको छ ।

नेपालको संविधानले प्रेस स्वतन्त्रताका सम्बन्धमा प्रदत्त गरेका अधिकार कुण्ठित हुने कुनै पनि कानुन आउन नदिन अडिग रहेको बताउदै महामन्त्री शर्माले आफू र आफ्नो पार्टीले सदैव स्वतन्त्र मिडियाका पक्षमा रहेको स्पष्ट पार्नु भएको थियो । महामन्त्री शर्माले आफू पनि कुनै बेला मिडियाकर्मी भएको स्मरण गर्दै सदैव मिडियामैत्री भएर काम गर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

पार्टीको केन्द्रीय कार्यसमितिभन्दा बाहिर रहेका नेतृत्वपङ्तिको भावनालाई पनि समेटेर अघि बढने बताउँदै महामन्त्री शर्माले त्यसका लागि आफू र नेतृत्वले संयोजन गर्ने उल्लेख गर्नु भएको थियो । उहाँले मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधारका साथै सामाजिक रुपान्तरण पनि अपरिहार्य रहेको जिकिर गर्नु भएको थियो ।

Related Posts

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ७ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ७ महिना अगाडि

अनलाइन स्क्याम बढ्दै, सर्वसाधारणलाई सतर्क रहन राष्ट्र बैंक वीरगञ्जको आग्रह

वीरगञ्ज – डिजिटल कारोबार, अनलाइन पेमेंट र सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनामा हाल तीव्र वृद्धि भएको नेपाल राष्ट्र…

ByByBirgunj ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *