Trending

अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी

905Views
0 Shares

काठमाण्डाै – अमेरिकाको चुनावमा उमेदवार बनेका नेपालीमूलका दुवैजना विजयी भएका छन्

मेरिल्यान्ड जनरल एसेम्बलीका लागि मेरिल्यान्ड राज्यको विधायक (सांसद) मा डेमोक्र्याट पार्टीका तर्फबाट नेपाली मूलका डा. ह्यारी भण्डारीले पुनः जीत हासिल गर्नुभएको छ । उहाँ कुल १३ हजार ९४९ मत ल्याएर पहिलो निर्वाचित विधायक बन्नुभएको छ । यो कुल खसेको मतको २० दशमलव २७ प्रतिशत हो ।

सन् २०१८ मा सम्पन्न चुनावमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जित हासिल गर्ने पहिलो नेपाली बन्नुभएका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सार्नुभएको थियो । यसका लागि उहाँले दुवै पटकको चुनावमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सार्नुभएको थियो ।

हयारीसहित डेमोक्र्याट पार्टीका कार्ल ज्याक्सन र निक एलेनले पनि विजयी हासिल गर्नुभएको छ । कार्लले १३ हजार ती सय एक मत र निकले १२ हजार पाँच सय ४७ मत प्राप्त गर्नुभएको छ । डिष्ट्रिक्ट ८ बाट तीन जना विधायक निर्वाचित हुने व्यवस्थाअनुसार तीनै जना डेमोक्र्याटका उमेदवार विजयी हुनुभएको छ । ह्यारीले सबैभन्दा बढी मत पाउनुभएको हो । 

त्यही डिष्ट्रिक्टमा रिपब्लिकन पार्टीका उमेदवारहरू गेलेन गेलहार, टिमोथी नेउवार र क्थालिन स्मेरो पराजित हुनुभयो ।

यसैगरी न्युयोर्क स्टेट एसेम्बलीको डिष्ट्रिक्ट १०३ न्युयोर्कबाट पहिलो पटक उमेदवार बन्नुभएकी सराहना श्रेष्ठ विजयी हुनुभएको छ । छोटो समयमा राजनीतिक सफलता हात पार्नुभएकी सराहनाले जितसँगै न्युयोर्क स्टेट एसेम्बलीमा जित हासिल गर्ने पहिलो नेपाली बनेर इतिहास निर्माण गर्नुभएको छ ।

भण्डारीले आफूलाई सहयोग गर्नु हुने सम्पूर्ण नेपाली अमेरिकीलाई धन्यवाद दिनुभयो । विगतको कार्यकालमा आफूले १४ वटा बिल पास गर्न सफल भएको र केही बिलहरु विचाराधीन अवस्थामा रहेकाले त्यसलाई प्राथमिकतामा राख्ने भण्डारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मैले आउँदाे चार वर्षमा एकतातिर मेरा मतदातासँग गरेको प्रतिबद्धताअनुसारको काम गर्नुछ भने अर्कोतर्फ नेपाली अमेरिकीको मूलधारको राजनीतिमा थप सहभागिताका लागि संस्थागत ढङ्गले काम गर्नु पर्नेछ ।’

मूलधारको राजनीतिमा एकपछि अर्को सफलता हात पारेसँगै नेपालीमूलका अमेरिकी खुसी भएका छन् । ‘यो जित हाम्रो मूलधारको राजनीतिमा कोसेढुङ्गा साबित भएको छ’, अमेरिकाको मेरिल्यान्डमा रहनुभएका डा. श्याम कार्कीले विजयको खबर सुनेपछि प्रतिक्रिया दिँदै भन्नुभयो, ‘अमेरिकाको नीति निर्माण तहमा नेपालीभाषीको प्रतिनिधित्वले  हामी नेपालीलाई गौरवको अनुभूति भएको छ ।’ कार्कीले सन् २०१४ देखि नै भण्डारीको चुनावी अभियानमा सघाउँदै आउनुभएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय