Trending

यमबुद्धको शालिक बनाउने महानगरपालिकाको निर्णय स्वागतयोग्य छ –विष्णु पौडेल

955Views
0 Shares

काठमाडौं । असार ३० गते
र्‍याप गायक यमबुद्धको शालिक बनाउने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले महानगरपालिकाले यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य रहेको बताएका हुन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’

महानगरपालिकाले यमबुद्धको शालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । आलोचना पछि मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट शालिक बनाउने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय