Trending

बर्दिबास नगरपालिकाले करार कर्मचारी हटाउने

915Views
0 Shares

काठमाडौं । असार ३० गते
बर्दिबास नगरपालिकाले नगरभित्रका करार कर्मचारी हटाउने भएको छ । आउँँदो १ साउनदेखि २०७९र८० मा खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै नगरपालिका, वडा र स्वास्थ्य कार्यालयका करारमा कार्यरत कर्मचारी हटाउन लागेको हो ।

अत्यावश्यकबाहेकका कर्मचारी हटाउने उल्लेख गरे पनि नगरले १ साउनदेखि करार तथा ज्यालादारीमा रहेका कर्मचारीहरुलाइ हाजिर नगराउन निर्देशनसमेत दिइसकेको छ ।ञकार्यसम्पादनमा बाधा नपुग्नेगरी सबै कर्मचारी त हैन केही कर्मचारी हटाउने निर्णय गरेका छौँ,झ नगरपालिकाका प्रवक्ता विजय महतोले भने ।

अघिल्लो सरकारले करारमा नियुक्त गरेका ६२ जना शिक्षकको विषयमा भने निर्णय आउन बाँकी छ । ञबैठक बसेर के गर्ने भन्ने विषयमा टुंगो लगाउँछौँ,झ प्रवक्ता महतोले भने ।नगरपालिकाका सूचना अधिकारी सोम फुयालका अनुसार विद्यालयका शिक्षकबाहेक अहिले नगरभित्र लगभग ५० को हाराहारीमा कर्मचारीहरू करारमा काम गर्दै आएका छन ।

कर्मचारी हटाउने बिषयमा गरिएको निर्णयमाथि नगरवासीको मिश्रित प्रतिक्रिया आएका छन् । खर्च कटौती गर्ने नाममा अघिल्लो स्थानीय सरकारका नियुक्ति खारेज गर्ने र नयाँ नियुक्ति गर्ने परिपाटीको विकाश गर्न खोजेको कतिपयको आरोप छ भने कतिपयले नगरको निर्णयलाई स्वागत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय