Trending

स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित

755Views
0 Shares

काठमाडौं । असार ३० गते
आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ ।पालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो । यो संगै नेपालले स्कटल्यान्डमा पहिलो जित निकालेको छ । टिटउड क्रिकेट मैदानमा घरेलु टिमले प्रस्तुत गरेको १४५ रनको लक्ष्य नेपालले २५।१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।नेपालको जितमा ओपनर आसिफले ७१ रनको अर्धसतकीय इनिङ खेले । आसिफले ६२ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

यस्तै, रोहित पौडेलले ३० रनमा अविजित रहे । नेपालका अर्का ओपनर कुशल भुर्तेल २७ रनमा आउट हुँदा देव खनाल चार, दीपेन्द्रसिंह ऐरी तीन र आरिफ शेख एक रनमा आउट भए ।स्कटल्यान्डका गेभिन मेनले तीन विकेट लिए । यस्तै, आद्रियन नेइल र रिची बेरिङटनले समान एक विकेट लिए ।यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइको स्कटल्यान्ठले ४२.५ ओभरमा १४४ रनमा अलआउट भएको थियो ।

लगातार विकेट गुमाएको स्कटल्यान्डका लागि गाभिन मेनले सम्हालिएको प्रदर्शन गर्दै सर्वाधिक अविजित ६४ रन बनाएका थिए । उनले बलमा ५९ बलमा सात चौका र एक छक्का प्रहार गरे ।यसबाहेक, मार्क वाटले १७, सफयान सरिफले १६ र क्यालम म्याकलेओडले १३ रन बनाए । यसबाहेक घरेलु टिमका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका सोमपाल कामी र आदिल आलमले कसिलो बलिङ गरेपछि स्कटल्यान्ड एक सय ४४ रनमा समेटिएको थियो । नेपालका लागि सोमपालले १० ओभरमा ४० रन खर्चेर तीन विकेट लिँदा १० ओभरमा आदिलले एक मेडनसहित ३१ रन दिएर तीन विकेट नै लिए ।

यस्तै, कप्तान सन्दीप लामिछाने, करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।शृंखलाका लागि स्कटल्यान्ड पुगेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय