Trending

पहिरो खस्दा सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध

720Views
0 Shares

काठमाडौं । असार १४ गते
सोमबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाको सिद्धबाबा सडकखण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा मंगलबार बिहानै गएको पहिरोले यातायात सेवा अवरुद्ध बनेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिकै ठूलो पहिरो खसेको छ । सँगसँगै सडकमाथिबाट पानीको ठूलो छहरा खस्दा साना सवारीसाधनहरुको आवागमन पनि रोकिएको छ । पानीको छहरासँगै गएको पहिरोले सवारीसाधन आवागमन रोकिन पुगेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान ६ बजेदेखि सवारी साधन सञ्चालन हुन सकेका छैनन् । वर्षाका कारण राजमार्गमा ठूलो पहिरो नगएको भए पनि सिद्धबाबा क्षेत्रका केही ठाउँमा ढुंगाहरु खसेका छन् । सिद्धबाबा र झुम्साका बीचमा ढुंगा र पहिरोहरु खसेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विष्णुबहादुर कुँवरले बताए ।

अहिले दुवैतर्फ सवारी साधनहरु रोकिएका छन् । रुपन्देहीसहित धेरै ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । वर्षाले ठाउँठाउँका सडकहरुमा पानी जम्दा यातायात ओहोरदोहोरमा समस्या देखिएको छ । सिद्धबाबाबा वर्ष हुनासाथ लगातार पहिरो जाने गर्छ । वर्षा नरोकिएसम्म सडक खुल्ने संभावना कम रहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय