Trending

सुर्खेतमा कर्णाली प्रदेश चलचित्र कार्यशाला हुँदै

880Views
0 Shares

काठमाडौं । असार १२ गते
केबी फिल्म्सको आयोजनामा १४ देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । कर्णाली प्रदेशमा हुन लागेको बृहत् कार्यशाला यो नै पहिलो हो ।

आयोजक संस्थाका अध्यक्ष भुपेन्द्रकुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पूरा भएको छ । यसपटक कार्यशालामा फिल्म निर्देशक एवं अभिनेता नीर शाहको विशेष कक्षा हुनेछ । यस्तै चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष एवं अग्रज फिल्म निर्देशक दयाराम दाहालले पनि कार्यशालामा विशेष कक्षा लिने भएका छन् ।

‘कर्णाली प्रदेशको भौगोलिक सुन्दरता, त्यहाँको सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउन सो प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माउन यो कार्यशाला आयोजना गर्न लागिएको हो । विविध साधन र स्रोत भएर पनि कर्णाली प्रदेश चलचित्र निर्माणमा निकै पछाडि छ,’ खड्काले भने, ‘कर्णाली प्रदेशको भौगोलिक अनेकता, सांस्कृतिक विविधता यहाँका जनजीवनको कथालाई काठमाडौंका सिनेकर्मीभन्दा यहीँका सिनेकर्मीले राम्ररी बुझेर सिनेमामा उतार्न सक्नेछन् भन्ने विश्वासका साथ कर्णाली प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माएर उनीहरुमार्फत कर्णालीको जनजीवनका कथालाई नेपालसहित विश्वमा पुर्याउन यो चलचित्र कार्यशाला आयोजना गरिएको हो ।’

दूरसञ्चार प्राधिकरणको सहआयोजना तथा चलचित्र विकास बोर्ड, नेपाल टेलिकम, कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेत, उद्योग वाणिज्य संघ सुर्खेतको सहकार्यमा कार्यशाला सम्पन्न हुने खड्काले बताए ।

कार्यशालामा चलचित्र निर्देशक गीतकार एवं पत्रकार डब्बु क्षत्रीले चलचित्र लेखन निर्देशन, छायाकार विष्णु कल्पितले छायांकन, अभिनेता भोलाराज सापकोटाले अभिनय, सम्पादक प्रितम पाण्डेले सम्पादन, लेखक शिवम अधिकारीले लेखनसम्बन्धी कक्षा लिनेछन् । कार्यशालामा चलचित्र निर्देशक राजु केसीले कार्यशालाको संयोजन तथा गीतकार कलाकार हरि बिष्टले स्थानीय व्यवस्थापन एवं सरिता भारतीले कार्यशालाको मिडिया संयोजन र विश्व सापकोटाले पब्लिसिटी व्यवस्थापन गर्दैछन् ।

एक साता लामो यो कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिइने संयोजक राजु केसीले बताएका छन् । प्रि–प्रोडक्सन, प्रोडक्सन र पोस्ट प्रोडक्सनअन्तर्गत चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायांकन, सम्पादन र अभिनय जस्ता विधामा प्रशिक्षण दिइने छ । जसका लागि नेपाली चलचित्र उद्योगका दक्ष चलचित्रकर्मीले कर्णाली चलचित्र कार्यशालामा प्रशिक्षण दिनेछन् ।

यो कार्यशालामा सकेसम्म कर्णाली प्रदेशका सबै जिल्लामा कम्तीमा एक–एकजना मात्र भए पनि प्रशिक्षार्थी समेट्ने हाम्रो प्रयास हुनेछ ।चलचित्र कार्यशालामा सहभागी विधार्थीहरूले एक सातासम्म चलचित्र सिकेर प्रयोगात्मक रूपमा चलचित्र पनि निर्माण गर्नेछन् । ती चलचित्रलाई महोत्सवमा पनि पठाउने आयोजक पक्षको कथन छ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय