Trending

मूल्यवृद्धिको विरोधमा सिमरामा अनेरास्ववियुद्वारा सिठी जुलुस

705Views
0 Shares

काठमाडौं । असार १२ गते
बाराको सिमरामा मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सिठी जुलुस निकालेको छ ।केन्द्रीय कार्यक्रम अन्तर्गत अनेरास्ववियुले सिमरा चोकमा सिठी जुलुस निकालेको हो । पेट्रोलियम पदार्थमा सरकारले मूल्यवृद्धि गरेको र महँगी बढाएको भन्दै अनेरास्ववियुले जुलुसका क्रममा महँगी घटाउन र मूल्यवृद्धि फिर्ता लिन माग गरेको थियो ।

जनप्रतिनिधिलाई सम्मान र मधेस प्रदेश बैठक सम्पन्न
सिठी जुलुसअघि अनेरास्ववियुको सिमरामा सम्पन्न मधेस प्रदेश बैठकमा जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रही वैबैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा निजगढ नगरपालिकाककी उपप्रमुख सोममाया थिङ, रौतहट चन्द्रपुर नगरपालिका ४ का वडाध्यक्ष रवि राना मगर, हरिवन नगरपालिका वडा नं ८ का अध्यक्ष प्रज्वल ढुंगाना, महोत्तरी मनरा सिसवा नगरपालिका १ का अध्यक्ष गोविन्द चौरसियासहित सात जनालाई सम्मान गरेको हो । थिङ अनेरास्ववियु बाराको कोषाध्यक्ष, ढुंगाना सर्लाहीका अध्यक्ष, मगर र चौरसिया केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय