Trending

लोकप्रियताका लागि विदेशिएकालाई मतदानको व्यवस्था मिलाउनुपर्ने माग अघि सारे–विष्णु रिजाल

700Views
0 Shares

काठमाडौं । असार १० गते
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सस्तो लोकप्रियताका लागि विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनुपर्ने माग अघि सारेको एमाले नेता विष्णु रिजालले आरोप लगाएका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले आफ्नो पार्टीको मतदान हिलटेक ट्यांकीमा गरेर एक महिनामा मतगणना गर्ने दलले बिनाकानून यस्तो माग सार्न नसुहाउने बताएका छन् ।

बिनाकानून मतदानको अधिकार देऊ भनेर आग्रह गर्नुको साटो कानून बनाउन रिजालले सुझाव दिएका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्ने माग उठे पनि हालसम्म यससम्बन्धी कानून भने बनेको छैन ।थापा र शर्मा केही दिनअघि विदेशिएकालाई मतदानको अधिकार दिनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका थिए । महामन्त्रीद्वयको यही शैलीप्रति रिजालले कटाक्ष गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, आफ्नो पार्टीको चुनाव गर्दा हिलटेक ट्यांकीमा मतदान गर्नुहुन्छ, मतगणना गर्न एक महिना लगाउनुहुन्छ । अनि त्यसरी निर्वाचित भएका कांग्रेसका महामन्त्री साथीहरु निर्वाचन आयोगमा गएर ‘देशबाहिर रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्नुपर्यो भन्यौँ’ भनेर सार्वजनिक खपतका लागि मिडियावाजी गर्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय